काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाममा निर्देशन जारी गर्दै लकडाउन अवधिमा झै न्यूनतम कर्मचारीबाट कार्यसम्पादन गर्न, कर्मचारीलाई आलोपालो काममा लगाउन र वर्क फ्रम होमको व्यवस्थामा जोड दिन भनेको छ ।
राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सर्कुलर जारी गर्दै क, ख, ग र घ वर्गका बैंकहरुलाई यस्तो निर्देशन दिएको हो।
सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको समेत पालना गर्दै प्रदान गरिँदै आएको सेवा प्रवाहमा निरन्तरताका लागि विजिनेश कन्टिन्यूटी प्लान तयार गरी कोभिड–१९ संक्रमणको जोखिम व्यवस्थापन गर्न आवश्यकताअनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थिति हुने व्यवस्था मिलाउन भनिएको छ ।
यस्तै, विभिन्न क्षेत्रमा लागेका बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोरविजोर प्रणाली लगायतको विशेष परिस्थितिलाई मध्यनजर गरी वर्क फ्रम होमको व्यवस्था मिलाई कार्यसम्पादन गराउन समेत राष्ट्रबैंकले आग्रह गरेको छ ।
प्रदेशस्थित शाखा कार्यालयको हकमा भने सम्बन्धित प्रदेश सरकार, स्थानीय तह र स्थानीय प्रशासनमार्फत हुने निर्णय वा सूचनालाई समेत आधार मानी प्रदेश कार्यालयहरुसँगको समन्वयमा न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाहरुको सेवा सुचारु गर्ने तथा वैकल्पिक रुपमा संचालन गर्न सकिने शाखाहरु सोही बमोजिम सूचना जारी गरी वैकल्पिक रुपमा आलोपालो संचालन गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।
सेवा सुचारु नभएका शाखाहरुको विषयमा सम्बन्धित बैंकले दैनिक रुपमा केन्द्रीय बैंकलाई रिपोर्टिङ गर्नुपर्नेछ ।
राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई यो अवधिमा विद्युतीय कारोबारलाई प्राथमिकता दिन समेत आग्रह गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19