काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पताल विर्तामोडमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा एक सम्झौता भएको छ । 

गरिमा विकास बैंक लिमिटेड र मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालबीच असार ८ गते सम्झौता भएको हो । 

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालको तर्फबाट अस्पताल संयोजक रोमनी भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडमा बचत खाता रहेका ग्राहकहरु तथा भिजा कार्ड होल्डरहरुले मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालमा उपचार गराउँदा अपरेशन शुल्क, बेड शुल्क, मेडिकल शुल्क, ल्याब, फिजियोथेरापी, पूर्ण शारीरिक परीक्षण, डेण्टल सेवालगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्नेछन् । 

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको गरिमाविकास बैंक लिमिटेडका प्रदेश नं. १ अन्र्तगत झापाको विर्तामोड, दमक, बुधबारे र बनियानी, मोरङ्गको बिराटनगर, विराटचोक र टंकीसिनवारी र सुनसरीको धरान र इटहरी सहित देशभर ७६ शाखा कार्यालय सञ्चालनमा रहेका छन ।