काठमाण्डौ । भारतरले कच्चा पेट्रोलियममा लाग्ने विशेष अतिरिक्त अन्तःशुल्क (एसएईडी) आज अक्टोबर १८ बाट प्रतिटन भारु ९ हजार ५० घटाएको छ।

गत सेप्टेम्बर २९ मा भएको पछिल्लो समीक्षामा भारतमा उत्पादन हुने कच्चा तेलमा प्रतिटन १२ हजार १०० रुपैयाँ विन्डफल ट्याक्स निर्धारण गरिएको थियो। भारत सरकारले डिजेलको निर्यातमा एसएईडी वा शुल्क हालको प्रतिलिटर भारु ५ बाट घटाएर भारु ४ रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी एटीएफ (एभिएसन टर्बाइन फ्युल)मा लाग्ने शुल्क हालको प्रतिलिटर भारु २.५ बाट घटाएर भारु १ मा झारिएको छ। जब कि पेट्रोलमा एसएईडी शून्यमा जारी रहनेछ। 

भारत सरकारले पहिलोपटक २०२२ जुलाई १ मा विन्डफल ट्याक्स लगाएको थियो।

विन्डफल ट्याक्स भनेको देशमा रहेका तेल कम्पनीहरुले सरकारलाई तिर्ने कर हो। तेल कम्पनीहरुले खास परिस्थितिमा तुरुन्त नाफा कमाउँदा विन्डफल ट्याक्स लगाइन्छ।

भारत सरकारले पहिलोपटक जुलाई २०२२ मा रुस र युक्रेनबीच युद्ध हुँदा विन्डफल ट्याक्स लगाएको थियो। यस युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको थियो, जसका कारण भारतका सबै तेल कम्पनीले भारी नाफा कमाएपछि सरकारले मूल्य नियन्त्रण गर्न यो ट्याक्स लगाएको थियो।

विन्डफल कर घटाउँदा तेल कम्पनीहरुलाई फाइदा हुन्छ। भारत सरकारले हरेक १५ दिनमा विन्डफल ट्याक्सको समीक्षा गर्छ।–एजेन्सी