काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले जेठ २९ गते बूधबार पोखरा महानगरपालिका वार्ड नं. २५ मा स्थापित हेम्जा शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।
सो शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा.डिल्लीराम पोखरेल र पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नका लागि उत्कृष्ट सेवा प्रवाह संगसंगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने हुंदा विकास बैंकले सेवा प्रवाह संगसंगै संस्थागत सुशासनमा समेत सदैव महत्व दिइरहेको बताए ।
त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन संगसंगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वार्ड नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिना, विकास बैंकका सञ्चालक डा. आनन्दप्रसाद श्रेष्ठ, महिला सञ्जालकी अध्यक्ष रमा त्रिपाठी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन हेम्जा शाखाका प्रबन्धक शंकरराज सापकोटाले गरेका थिए ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन् ।
विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago