काठमाण्डौ । टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले र सिप्रदी ट्रेडिङको आधिकारीक बिक्रेता दिप मोटर्स प्रा. लि.को सहकार्यमा गत वर्ष झै यस वर्ष पनि देशका बिभिन्न स्थानमा गर्दै आएको कार मेला यही जेठ ४ र ५ गते पर्यटकीय तथा रमणीय शहर पोखरामा आयोजना गर्ने भएको छ ।
बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार मेला सिप्रदी ट्रेडिङको कार्यालय बुद्धचोक पोखरामा आयोजना हुने आयोजकले जनाएको छ ।
यस मेलामा ग्राहकहरुले एकै स्थानबाट विभिन्न गाडी किनबेचको सुबिधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा मोटर्सका विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडीसँग साट्न सक्नेछन् ।
मेलामा ग्राहकहरुले अन द स्पट फाइनान्सिङका साथै पुरानो गाडीको उत्कृष्ट मूल्याङ्कन र एक्सचेञ्ज लोयाल्टी बोनस जस्ता सेवा तथा सुविधाहरु पाउने आयोजकले जनाएको छ ।
पर्यटकीय तथा रमणीय शहर पोखरामा दोस्रो संस्करण रहेको छ । यो मेला २ दिन सम्म चल्नेछ ।
मेलामा निःशुल्क प्रवेश पाइने, टेस्ट ड्राइभको व्यवस्था र फोटोसुटको सार्थ स्वादिष्ट परिकारका स्टल समेत रहने बताइएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago