काठमाण्डौ । पोखराको आर्चलबोट चोकमा सीजी मोटर्सको (नेटा) शोरुम सञ्चालनमा आएको छ। 

नेपालका लागि चिनियाँ राजदूत चेन सङलगायत अन्य ब्यक्तित्वहरुले एक समारोहबीच उक्त शोरुमको उद्घाटन गरेका हुन्। उद्घाटनको अवसरमा राजदूत सङले नेपाल तथा चीनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना व्यक्त गरे। 

समारोहमा सीजी मोटर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीहरुको समेत उपस्थिति थियो। 

राजदूत सङले नेपालमा डिजल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा ईभी गाडीको फाइदा धेरै नै रहेको बताए। उनले नेपालमा ग्रीन इनर्जी को सम्भावना अध्ययन गर्न र आत्मनिर्भतातिर जान चीनले सहयोग गर्ने बताए। 

यसका साथै नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठूला सहरमा चर्जिङ स्टेसनको विकास गर्ने पनि राजदूत सङले बताए। सार्वजनिक यातायातमा ईभी गाडीलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराए। 

सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत अग्रवालले अब पोखरावासीले समेत सहज रुपमा नेटा भी को अनुभव गरी खरिद गर्न सक्ने बताए। नेपालमा बजारको मागअनुसार राम्रो र गुणस्तरीय गाडी बिक्रीवितरण गर्ने योजन छ। ईभी ट्याक्सी र माइक्रोबसको सफल तरिकाले शुभारम्भका साथै काठमाण्डौ–पोखरा रुटका लागि ११ देखि १९ सिटरसम्मका माइक्रोबस उपलब्ध हुनेछन्।       

कार्यक्रममा पोखराका लागि पहिलो ईभी ट्याक्सीका साथै,पहिलो विद्युतीय माइक्रो बसको चिनियाँ राजदूत सङले हस्तान्तरण गरेका थिए। यसका साथै अब पोखरा सहरमा विद्युतीय गाडीको प्रयोग आजै बढाउन उनले सुझाव दिए। 

पियोर ईभी प्लाटफर्ममा बनेको नेटा भीले फुल चार्जमा ३८० किमीको दूरी पार गर्न सक्ने सीजी मोटर्सले जनाएको छ। १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको नेटा भी नेपालको बाटोहरुका लागि पनि उपयुक्त रहेको सीजी मोटर्सका एक कर्मचारीले बताए। यो किसिमको ग्राउन्ड क्लियरेन्स तथा यसको डिजाइनले नेटा भीलाई एयरोडाइनामिक्स दिन्छ। जसले यसको गति र सन्तुलन कायम राख्छ। 

यसका साथै नेटा भी गाडीभित्र प्रदूषणरहित बनाउन एन९५ हेपा फिल्टरको प्रयोग भएको छ। जसले बाहिरको प्रदूषणका साथै भित्र गाडीको हावाको पनि प्रदूषण फिल्टर गर्ने गर्छ। नेटा भीमा विश्वको ठूलो ब्याट्री निर्माण कम्पनी सीएटीएल ब्याट्रीको प्रयोग भएको छ। 

सीजी मोटर्सले नेटा भीका साथै ईभी माइक्रोबस केवाइसी तथा किङलङका मोडलहरुसमेत बिक्री गर्दै आएको छ। ती मोडलहरु पोखरा शोरुममा समेत उपलब्ध हुनेछन्। 

यसका साथै गण्डकी प्रदेशमा ईभी ट्याक्सी र विद्युतीय माइक्रोबसका लागि सीजी मोटर्सले अधिकारिक बिक्रेताका रुपमा विश्वकर्मा अटो मोटर्सलाई नियुक्त गरेको छ।