काठमाण्डौ । एनआईसी एशिया बैंकले कास्कीको पोखरा र नौडाँडामा दुई नयाँ शाखा संचालनमा ल्याएको छ । 

पोखरा महानगरपालिका वडानम्बर ८ न्यूरोडस्थित शाखाको बैंकका संचालक राजेन्द्रप्रसाद अर्याल र अन्नपूर्ण गाउँपालिका, वडा नं. १, नौडाँडास्थित नौडाँडा शाखाको बैंकका अर्का संचालक बिनोदकुमार प्याकुरेलले भदौ १३ गते भव्य समारोहका बीच उद्घाटन गरेका हुन् ।

यी दुईसहित अब यो बैंकको शाखा सञ्जाल संख्या २४१ पुगेको छ भने एटीएमको संख्या २३५, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई पुगेका छन् । यो बैंक देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक समेत हो ।