काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको सोमबार (पुस ४ गते) बसेको बैठकले उक्त आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ४ करोड ९ लाख १९ हजार ८१३ रुपैयाँ कुल ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने ४ करोड १६ लाख ३६ हजार ७९२.५२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २१ लाख ८५ हजार ९३१.६१ रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभा अनुमोदन गरी कार्यान्वयनमा ल्याउनेछ।