काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नीतिगत दरलाई घटाएको छ ।
मौद्रिक नीतिमार्फत नीतिगत दरलाई ०.५ प्रतिशतले घटाएर ६.५० प्रतिशतमा झारेको हो ।
नीतिगत दर घटेसँगै बैंकहरुलाई ब्याजदर घटाउन सहज हुने अपेक्षा गरिएको छ ।
यसैगरी, राष्ट्र बैंकले निक्षेप बोलकबोल दरलाई एक प्रतिशत विन्दुले घटाउने व्यवस्था गरिएको प्रष्ट पारेको छ । यस्तो दर हाल ५.५ प्रतिशत रहेकोमा अब ४.५ प्रतिशत कायम भएको छ ।
केन्द्रीय बैंकले बैंकदरलाई भने साढे ७ प्रतिशत नै कायम राखेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19