काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आक्रामक रुपमा तरलता प्रणालीमा पठाएपछि अवस्था सहज भएको छ । एकहप्ताको अवधिमा चारपटक गरी बित्तीय बजारमा ३१ अर्ब तरलता पठाइएपछि बैंकहरुमा पुनः अधिक तरलता देखिएको हो ।
पछिल्लोपटक आइतबार केन्द्रीय बैंकले १० अर्ब तरलता पठाउने उद्देश्यले सरकारी विकास ऋणपत्र खरीद गर्ने सूचना जारी गरेको थियो । तर, ६ अर्बका लागि मात्रै आवेदन पर्यो ।
यसरी राष्ट्रबैंकले चारपटक गरी ३१ अर्ब तरलता प्रवाह गरेपछि बैंकहरुको अवस्था केही सहज बनेको हो ।
तरलता प्रवाहका कारण अन्तर बैंक ब्याजदर २.९७ प्रतिशतमा झरेपछि केन्द्रीय बैंकले बैंक तथा बित्तीय संस्थाहरुबाट २ अर्ब रुपैयाँको निक्षेप प्रशोचन गर्ने भएको छ ।
एक सूचना प्रकाशित गर्दै राष्ट्रबैंकले तरलता अधिक भएको निश्कर्ष निकाल्दै बजारबाट २ अर्ब उठाउने उद्देश्यले सोमबार दुुईहप्ते निक्षेप संकलन उपकरण जारी गरेको हो । ३ प्रतिशत ब्याजदर दिने गरी निश्कासित निक्षेप संकलन उपकरण माघ ८ गते परिपक्व हुनेछ । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ७ प्रतिशत रहेको छ । ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर ३ प्रतिशत रहेको छ ।
केन्द्रीय बैंकका अनुसार आइतबारसम्म प्रणालीमा ५१ अर्ब रुपैयाँ अधिक तरलता छ ।
राष्ट्र बैंकले केही समयअघिदेखि ब्याजदर करिडोर लागूू गरेको छ । यो व्यवस्था लागूू भएपछि अन्तरबैंक ब्याजदर ५ प्रतिशतभन्दा माथि पुुगे बजारमा तरलता प्रवाह गर्नुपर्छ भने ३ प्रतिशत भन्दा कम भए बजारबाट तरलता प्रशोचन गर्नुपर्ने व्यवस्था छ । आइतबारसम्मको अन्तरबैंक ब्याजदर ३ प्रतिशत तल झरेपछि प्रणालीबाट तरलता प्रशोचन गर्न २ हप्ते निक्षेप संकलन उपकरण जारी गरिएको केन्द्रीय बैंकको प्रष्टोक्ति छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago