rss image
जनकपुरधाम । प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका छन् ।
प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी भदौ १० गते रक्षा बन्धनका दिन बिदा घोषणा गरे पनि सङ्घीय सरकार मातहतका कार्यालयले अवज्ञा गर्न थालेपछि प्रदेश सरकार आक्रमक भएको हो ।
मन्त्री यादव आफै बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफ्नो नियन्त्रणमा लिएका राससले जनाएको छ ।
संविधानले प्रदेश सरकारलाई बिदा दिने अधिकार दिए पनि सङ्घीय सरकार मातहतका कार्यालयले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको मन्त्री यादवले सो क्रममा बताए ।
पछिल्लो समय विभिन्न प्रदेशमा त्यहाँको सरकारले घोषणा गरेका सार्वजनिक विदा संघीय सरकार मातहत रहने निकायका अधिकारीहरुले अवज्ञा गर्दै आएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago