citizens bank internation nepal
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले पुस २२ गते प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालय नेपालगञ्जमा स्थापना गरी औपचारिक संचालनमा ल्याएको छ ।
पोखरामा झै यहाँ पनि बैंकको आफ्नै सुविधासम्पन्न भवनमा प्रादेशिक कार्यालय संचालनमा ल्याइएको हो ।
नेपाल राष्ट्रबैंकले प्रादेशिक मोडलमा बैंक तथा बित्तीय संस्थाको संरचना बिस्तार गरिनुपर्ने व्यवस्था गरेबमोजिम सिटिजन्स बैंक प्रादेशिक हेडक्वार्टर स्थापनामा आक्रामक बनेको हो । उसको यो अभियान प्रदेश १ स्थित विराटनगरबाट सुरु भएर नेपालगञ्ज पुगेको हो । यसअघि बैंकले प्रदेश १ का लागि विराटनगरमा, २ का लागि वीरगञ्जमा र ४ का लागि पोखरामा प्रादेशिक कार्यालय स्थापना गरिसकेको छ ।
प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालयको औपचारिक सुरुवात एक विशेष समारोहका बीच गरिएको बैंकले प्रष्ट्याएको छ । समारोहमा प्रदेश नं ५ का उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो।
प्रदेश नं ५ अन्तर्गत बैंकका ११ वटा शाखाहरुः बढैयाताल, बंगलाचुली, भुमही, भुमे, बुटवल, छहरा, घोराही, झिमरुक, नेपालगञ्ज, सानोश्री तथा सिद्धार्थनगर रहेका छन् । यो कार्यालयबाट व्यापार बिस्तारका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू छिटोछरितो र चुस्तदुरुस्त रुपमा सम्पादन हुने बैंकको विश्वास छ ।
प्रदेश नं ५ मा रहेका १३ जिल्लामध्ये ७ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिब ४०,००० ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकले हाल ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिंग सेवा दिइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago