काठमाण्डौ । रु. १ अर्बको ऋणपत्रको अपार सफलतापछि प्रभू बैंक लिमीटेडले पुनः ऋणपत्र निश्कासन गर्ने भएको छ । 

बैंकले अब भने रु. २ अर्ब बराबरको ऋणपत्र निश्कासन गर्ने प्रक्रियालाई अगाडि बढाएको हो । 

बैंकले रु. २ अर्बको ऋणपत्र निश्कासनका लागि नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडलाई निश्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

बैंकले वार्षिक १० प्रतिशत ब्याज पाउने गरी “प्रभु बैंक डिबेन्चर २०८४” निश्कासन गर्ने भएको हो । 

कूल २०,००,००० कित्ता डिबेन्चरमध्ये १२,००,००० कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र ८,००,००० कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिनेछ ।

उक्त कार्यको लागि आज मंसिर ११ गते बुधबार प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सबिर बादे श्रेष्ठका बीच प्रभु बैंक लिमीटेडबीच ऋणपत्र निश्कासन सम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ । 

यसपछि बैंकले ऋणपत्र निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिनेछ र अन्य प्रक्रिया समेत सुरु हुनेछ । 

बैंकले केही समयअघि रु. १ अर्ब बराबरको ऋणपत्र निश्कासन गरेको थियो । अधिकांश वाणिज्य बैंकहरुको ऋणपत्र बिक्रीमा सकस परिरहेको बेला प्रभू बैंकको रु. १ अर्बको ऋणपत्र भने समयसीमा अघि नै बिक्री भएको थियो ।