काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम सम्पन्न गरेको छ। 

शनिबार सम्पन्न कार्यक्रममा कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरुको उल्लेख्य मात्रामा सहभागिता थियो। कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाइले यस किसिमका सेल्स मोटिभेसन सेसनले कम्पनीमा आवद्ध बीमा मध्यस्थकर्ताको कार्यक्षमता वृद्धि एवं व्यावसायिक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले भने, ‘हामीले आफ्नो कामलाई महत्वका साथ निरन्तरता दिन सकियो भने सफलताले तपाई हामीलाई खोज्दै आउनेछ। त्यसैले आफ्नो कामलाई माया गरौँ र निरन्तरता दिऔँ।’ 

प्रभु लाइफका नायब महाप्रबन्धक सोनबहादुर मगरले जीवन बीमाको औचित्व र जीवन बीमा मध्यस्थकर्ताका काम र कर्तव्यका बारेमा प्रस्ट पारे। कम्पनीका सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेलले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए। 

कार्यक्रममा प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका पाँच–पाँच जना उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरिएको थियो। 

कार्यक्रममा प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत प्रसाई, नायब महाप्रबन्धक मगर, सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेल, प्रदेश १ ‘ए’ प्रमुख पुष्कर भट्टराई, प्रदेश १ ‘बी’ प्रमुख जगत नाथ फँुयाल, ब्राण्डिङ प्रमुख विनोद घिमिरे लगायतको उपस्थिती रहेको थियो।

अन्तर्राष्ट्रिय नेपाली मोटिभेसनल ट्रेनर बीपी रेग्मीको लाइफ इन्स्योरेन्स सेल्स सेसन कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो। ट्रेनर रेग्मीले व्यवहारिक तरिकाले व्यावसायिक वृद्धिका सूत्रहरु दिएका थिए। 

बीमा मध्यस्थकर्ताहरुको व्यावसायिक जीवनका आयामहरु र आगामी सहज एवं सफल यात्राका विषयहरु इन्स्योरेन्स सेल्स सेसनमा समेटिएको थियो।