काठमाण्डौ । एकीकृत कारोबार सम्पन्न गरेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले देशका विभिन्न थप सहरहरुमा अभिकर्ता मिलन कार्यक्रम सम्पन्न गरेको छ। 

साउन ३ गते एकैदिन नेपालगन्ज, बर्दिबास (महोत्तरी), बुटवल र बागलुङमा कार्यक्रम सञ्चालन भएको हो।

मर्जरपछि व्यवसायको मुख्य अंग भएका अभिकर्ता फोर्सलाई एकीकृत गर्ने उद्देश्यले मर्जरलगत्तै देशैभरि अभिकर्ताहरुलाई खटाइएको थियो। साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्तालाई मर्जरपछिको कम्पनीको अवस्था, एजेन्सी सिस्टम, इन्सेन्टिभ र प्रचलनमा ल्याइने पोलिसीहरुबारेमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षणपछि दुवै कम्पनीका अभिकर्ताहरुसँग छलफल तथा अन्तर्क्रियासमेत गरियो।

प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रमअन्तर्गत नेपालगन्जमा किशोराप्रसाद लामिछाने र रामेश्वर श्रेष्ठ, बुटवलमा प्रशान्तराज धमला र योगेन्द्रप्रसाद खतिवडा, बर्दिबासमा प्रयास श्रेष्ठ र सीताराम धिमाल तथा बागलुङमा कमल पन्थी र प्रभात श्रेष्ठले प्रशिक्षण दिएका थिए। ती कार्यक्रममा १०० जनादेखि २०० जना अभिकर्ताको सहभागिता थियो।

कम्पनीले प्रशिक्षणलाई निरन्तरता दिने क्रममा आज साउन ४ गते पोखरा र इटहरीमा तथा साउन ७ गते शनिबार काठमाण्डौमा अभिकर्ता मिलन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने जानकारी गराएको छ।