काठमाण्डौ । साबिकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सका आर्थिक वर्ष २०७८–७९ को बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत भएको छ। 

नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्ज हुनुअघिका प्रभु लाइफ र महालक्ष्मी लाइफको बीमांकीय मूल्यांकन प्रतिवेदन मंगलबार स्वीकृत गरेको हो।

बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत भएसँगै  नयाँ बोनसदरसमेत घोषणा गरिने कम्पनीले जनाएको छ।