काठमाण्डौ ।प्रभु इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुन:  सन्चित बज्राचार्यलाई नियुक्त गरेको छ । 

 कम्पनीको ४३० औं सञ्चालक समितिको बैठकले उनलाई पुन सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उनलाई आगामी माघ १ गतेदेखि लागू हुने गरि चार वर्षको लागि सीईओ नियुक्त गरिएको हो ।

बीमा ऐन २०७९ को दफा ५७ (१ ) अनुसार उनलाई सीईओ नियुक्त गरिएको कम्पनीले बताएको छ ।