काठमाण्डौ । प्रभु इन्स्योरेन्सको सञ्चालकमा निरज लम्साल चयन भएका छन् ।

हिजो आइतबार सञ्चालक समितिको ३७४ औँ बैठकले कम्पनीका संस्थापक सेयरधनी प्रभु बैंक लिमिटेडका तर्फबाट प्रतिनिधित्व गर्ने गरी लम्साललाई सञ्चालकमा चयन गरेको हो । यसअघि प्रभु बैंक लिमिटेडका तर्फबाट अशोक खड्गी कम्पनीका सञ्चालकका रुपमा रहेका थिए । 

प्रभु बैंकले गत जेठ २३ गते कम्पनीमा पत्र पठाई बैंकका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक परिवर्तन गरी लम्साललाई प्रतिनिधिका रुपमा पठाइएको जानकारी गराएको थियो ।

सोही पत्रका आधारमा कम्पनीको सञ्चालक समितिको बैठक बसी लम्साललाई सञ्चालकका रुपमा नियुक्त गरेको हो ।