काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभाबाट डाकेको छ।
बैंक सञ्चालक समितिको पुस १ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान टुंगो लगाएको छ। सभा पुस २६ गते आइतबार काठमाण्डौको बबरमहलस्थित केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट आयोजना हुनेछ।
सभाले गत आर्थिक वर्षका प्रस्तावित कुल १०.५२६३ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा हाल कायम चुक्तापूँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.५२६३ प्रतिशतले हुन आउने ५ करोड ४२ लाख ९२ हजार १४१ रुपैयाँबराबर नगद लाभांश रहेका छन्।
यसैगरी सभाले ऋणपत्र निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभामा अन्य बैंक तथा वित्तीय गाभ्ने वा प्राप्त गर्नेसम्बन्धमा सम्पूर्ण प्रक्रिया गर्ने कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित हुनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले पुस १० गतेदेखि वार्षिक साधारणसभा नभएसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ९ गतेभित्र कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago