काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको गत माघ २९ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १०.५३ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छ।
प्रस्तावित लाभांशमा चुक्तापुँजीको १० प्रतिशतले हुन आउने १० करोड ५६ लाख २७ हजार ४८४ रुपैयाँबराबरको बोनस सेयर र ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार ३४१ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी २५ औँ वार्षिक साधारणभसाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago