काठमाण्डौ । गत आर्थिक वर्षको लाभांश अनुमोदन गर्दै प्रभु इन्स्योरेन्स लिमिटेडको २५ औँ वार्षिक साधारणसभा (एजीएम) आज सम्पन्न भएको छ।

काठमाण्डौको तीनकुनेस्थित कम्पनीको कार्यालय ‘प्रभु कम्प्लेक्स’ मा भर्चुअल माध्यमबाट वार्षिक साधारणसभा आयोजना गरिएको थियो। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र बोसन सेयरमा लाग्ने करबापतको ०.५३ प्रतिशत नगद लाभांश गरी १०.५३ प्रतिशत लाभांश अनुमोदन गरेको छ। बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब १६ करोड १९ लाख २ हजार पुगेको छ।

कम्पनीले आधुनिक बीमा सेवाका सबै प्रविधि प्रयोग गरी प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्दै आइरहेको छ। नयाँनयाँ प्रविधिहरुको अधिकतम प्रयोग गर्दै सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गरी सेयरधनीलाई उच्चतम प्रतिफल प्रदान गर्नुका साथै सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्ने नीति लिइएको कम्पनीले जनाएको छ। 

कम्पनीले केन्द्रीय कार्यालयसहित ५५ भन्दा बढी शाखा तथा उपशाखाबाट सेवा प्रदान गरिरहेको छ।