काठमाण्डौ । ठूला चाडपर्वको अवसर पारेर विभिन्न कम्पनीहरुले विभिन्न अफर तथा उपहार कार्यक्रम सार्वजनिक गर्न थालेका छन् । यही क्रममा देशकै अग्रणी प्रभु मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई ध्यानमा राखी ‘प्रभु लक्की ७ योजना’को विशेष अफर सार्वजनिक गरेको छ । 

यो योजनामा असोज १ देखि कात्तिक २० गतेसम्म विदेशबाट नेपाल रकम पठाउने व्यक्ति सहभागी हुन पाउने मनी ट्रान्सफरले विज्ञप्तिमार्फत जनाएको छ । 

यो योजना अन्तरगत नेपालमा पैसा पठाउँदा प्राप्त गर्ने संकेत नम्बर लक्की ड्रमा समावेश गरिने र भाग्यशाली व्यक्तिले विभिन्न उपहार पाउने छन् । कम्पनीका अनुसार दुई जनाले बम्पर उपहारको रुपमा यामाहाको स्यालुटो र यामाहाकै रेजेड स्कुट पाउनेछन् ।

हरेक साता एलईडी टिभी, डिसहोम र मोबाइल सेट सात जनाले पाउने कम्पनीले जनाएको छ । यो बाहेक प्रत्येक दिन ७ जनाले नेपाल टेलिकम र एनसेलको दुई सय रुपैयाँको रिचार्ज कार्ड पाउनेछन् ।