काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।
बैंकको आइतबार सम्पन्न १७ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो।
योसँगै बैंकको चुक्तापूँजी बढेर ८ अर्ब ८९ करोड माथि पुगेको छ ।
साधारणसाभाले संस्थापक समूहतर्फ कायम रहेको ६१.३१ प्रतिशत र सर्वसाधारण समूहतर्फ कायम रहेको ३८.६९ प्रतिशतको शेयर संरचना परिवर्तन गरी संस्थापक समूहतर्फ ५५ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४५ प्रतिशत कायमहुने गरी बैंकको जारी तथा चुक्तापूँजीको संरचना परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत गरेको छ ।
बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सेयर स्वामित्व मिलाउनका लागि यो वर्ष ६.३१ प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा रुपान्तरण गरिनेछ । एउटा आर्थिक वर्षमा ६ प्रतिशतसम्म मात्र सेयर रुपान्तरण गर्न पाइने कानूनी व्यवस्था अनुसार आगामी वर्षसम्म मात्र बैंकको सेयर संरचना मिलिसक्नेछ ।
साधारणसभाले अन्य बैंक तथा वित्तीय संस्थाएक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन(डिडिए) गर्न मान्यताप्राप्त मूल्यांकनकर्ता नियुक्ति गर्ने, अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी समझदारीपत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया सम्बन्धी अगाडि बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।
यस्तै, बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बबरमहलस्थित बैंकको प्रधान कार्र्यालयमा सम्पन्न वार्षिक साधारणसभाबाट सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व.०७४/०७५को वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । साथै, बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७४/७५को एकीकृत वित्तीय विवरण पनि पारित भएको बैंकले विज्ञप्तिमार्फत जनाएकोछ ।
देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १३२ वटा एटिएम मेशिन तथा १६५ शाखा कार्यालयसहित देशभर पैmलिएको ठूलो बैंकिङ्ग सञ्जालको माध्यमबाट १२ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । साथै, बैंकले निकट भविष्यमा देशका विभिन्न २८ स्थानमा नयाँ शाखा कार्यालयहरु खोली सेवा विस्तार गर्ने तयारी गरिरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago