काठमाण्डौ । प्रभूू इन्स्योरेन्सले बुधबार(आज)देखि २ बराबर १ को अनुपातमा हकप्रद निश्कासन गरेको छ । 

प्रभूू इन्स्योरेन्सका सेयरधनीले बुधबारदेखि आगामी जेठ २ गतेसम्म तोकिएको केन्द्रमा गएर ५० प्रतिशत हकप्रदका लागि आवेदन दिनसक्नेछन् । 

यो इन्स्योरेन्स कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका कुल १९ लाख २५ हजार ७८ कित्ता हकप्रद निश्कासन गरेको हो । 

५० प्रतिशत हकप्रदका लागि चैत ६ गतेलाई बुक क्लोजको मिति तोकिएको थियो । यसको अर्थ चैत ३ गतेसम्म यो कम्पनीको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरु मात्र हकप्रदमा आवेदन दिन योग्य हुनेछन् । चैत ४ र ५ गते विदा थियो । 

यो कम्पनीको हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धक प्रभूू क्यापिटल लिमीटेड रहेको छ । 

हाल यो इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी ३८ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रदको व्यवस्थापनपछि चुक्तापूँजी ५७ करोड ७५ लाखको उचाईमा पुुग्नेछ । यो कम्पनीको अधिकृत पूँजी १ अर्ब हो । 

इच्छुक सेयरधनीले काठमाण्डौको दरबारमार्गस्थित प्रभूू क्यापिटलको मुख्य कार्यालय, प्रभूू बैंकका सबै शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन भर्न सक्नेछन् । 

यो बिमा कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २ करोड ९७  लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको नाफाबाट यो कम्पनीले सेयरधनीलाई १७ प्रतिशत बोनस वितरण गरेको थियो । प्रभूू इन्स्योरेन्सको मंगलबारको अन्तिम सेयर मूल्य प्रतिकित्ता १ हजार २ सय ५७ रुपैयाँ रहेको छ ।