काठमाण्डौ । प्रभू बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १६.८४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
बैंकको असोज १७ गते बसेको संचालक समितिको १६० औं बैठकले आर्थिक वर्ष २०७५/७६ को वितरणयोग्य मुनाफाबाट सो लाभांश वितरणको घोषणा गरेको हो ।
यो बैंकले १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशका लागि चुक्तापूँजी ८ अर्ब ८९ करोड रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर १० अर्ब ३१ करोड रुपैयाँको उचाईमा पुग्नेछ ।
यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
लाभांश प्रस्ताव भएको आर्थिक वर्षमा प्रभू बैंकले २ अर्ब ५ करोड रुपैयाँ खूद नाफा आर्जन गरेको थियो ।
गत वर्ष प्रभू बैंकले ८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19