काठमाण्डौ । विश्वका लागि अहिले प्लास्टिकको प्रयोग टाउको दुखाइको विषय बनेको छ । प्लास्टिक हजारौँ वर्षसम्म पनि नष्ट नहुने हुँदा यले पर्यावरणमा निकै असर पुर्याइरहेको छ ।
केही देशहरुमा प्लास्टिकलाई रिसाइकिलिङ गरेर विभिन्न उत्पादनहरु बनाउन थालिए पनि त्यो पुनः वातावरणमै रहने गरेको छ। यस्तो अवस्थामा अमेरिकी वैज्ञानिकहरु नयाँ तरिका सुझाएका छन्, जसबाट प्लास्टिङ पूर्ण रुपमा नष्ट पनि हुने र पर्यावरणमा पनि असर नपर्ने ।
अमेरिकी वैज्ञानिकहरुले सिंगल युज प्लास्टिकलाई रिसाइकिल गरेर त्यसबाट मोटरमा प्रयोग हुने इन्धन, लुब्रिकेन्ट्स, डिटरजेन्टजस्ता पदार्थ बनाउन नयाँ तरिका पत्ता लगाएका हुन् । यस्ता प्लास्टिक रिसाइकल गरी बनाइएका इन्धन, लुब्रिकेन्ट्स र डिटरजेन्ट प्रयोग भएपछि पूर्ण रुपमा नष्ट हुन्छन् ।
यो नयाँ तरिकाबाट यसअघिको प्लास्टिक रिसाइकिल प्रोसेसमा सुधार आउने वैज्ञानिकहरु दाबी छ । ‘यसअघि प्लास्टिक रिसाइकल गरी बजारमा विभिन्न थरीका सामान उत्पादन गरी बिक्रीवितरण हुन्थ्यो, जुन वातावरण रहिरहन्थे’, वैज्ञानिकहरु भन्छन्, ‘अब त्यस्तो हुँदा नयाँ तरिकाले सिंगल युज प्लास्टिकलाई इन्धन, लुब्रिकेन्ट्स र डिटरजेन्टजस्ता पदार्थ बनाएर, तिनलाई प्रयोग गरी आफैँ पूर्ण रुपमा नष्ट हुन्छ।’
रिसाइकिलिङको यो नयाँ तरिका नर्थवेस्टर्न युनिभर्सिटीका वैज्ञानिकहरुले अन्य दुई ल्याबसँग मिलेर संयुक्त रुपमा रिसर्च गरी पत्ता लगाएका हुन् । यसअघि वैज्ञानिकहरुले जब प्लास्टिकलाई रिसाइकिल गर्थे तब विषालु ग्यास वा पदार्थ बन्थ्यो । अहिलेको नयाँ प्रयोगमा प्लास्टिक गलाउँदा थोरै विषालु ग्यास र खराब पदार्थ निस्कन्छ ।
वैज्ञानिकहरुका अनुसार यो खोजले ती सबै देशका लागि लाभदायी हुन्छ जहाँ सिंगल युज प्लास्टिकको खपत बढी हुन्छ ।
नर्थवेस्टर्न युनिभर्सिटीका वैज्ञानिक प्रोफेसर केनेथ पोपेलमियरका अनुसार यो नयाँ तरिकाको खोजबाट विश्वभर जम्मा भएको प्लास्टिकको फोहोरबाट मानिसलाई मुक्ति मिल्नेछ । ‘प्लास्टिकलाई हामी पगाल्न सक्छौँ तर पूर्ण रुपमा नष्ट गर्न सक्दैनौँ’, उनले भने, ‘यो नयाँ तरिकाबाट प्लास्टिकको रिसाइकिलिङ गर्दा पर्यावरणलाई पनि असर गर्दैन ।’ –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19