काठमाण्डौ । प्राइम कमर्सियल बैंकसँग बिलय हुने सम्झौता गरेको ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति गरेको छ । 

यो राष्ट्रिय स्तरको विकास बैंकले समीक्षा अवधिमा ८ करोड ६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको खूद नाफा ३ करोड ७४ लाखमा सीमित थियो । 

ओम डेभलपमेन्ट बैंकले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी २४ करोड ५९ लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा १५ करोड ३४ लाख खूद नाफा आर्जन गरेको थियो ।

पहिलो त्रैमाससम्म बैंकको चुक्तापूँजी २ अर्ब ५१ करोड र रिजर्ब ८४.०८ करोड रुपैयाँ पुगेको छ । 

समीक्षा अवधिमा बैंकले २१ अर्ब ९६ करोड निक्षेप संकलन गरी १९ अर्ब ४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १७ अर्ब २० करोड निक्षेप संकलन गरी १४ अर्ब २७ करोड कर्जा परिचालन गरेको थियो ।

समीक्षा अवधिमा ओमको वार्षिकीकृत प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ४० पैसा कायम भएको छ ।