prime commercial bank
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई २३ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
कात्तिक ९ गते बसेको बैंक संचालक समिति बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२१ प्रतिशत नगद लाभांश निर्णय गरेको हो ।
नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट यो निर्णय पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
यो बैंकल अघिल्लो वर्ष सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
बैंकको चुक्तापूँजी ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ । हालै जारी ३३.३३ प्रतिशत हकप्रदको व्यवस्थापनपछि चुक्तापूँजी ४ अर्ब ९३ करोड पुग्नेछ । २३ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ६ अर्ब ६ करोड रुपैयाँ पुग्नेछ ।
प्राइम कमर्सियल बैंकले आफ्ना सेयरधनीलाई २०७३ भदौ १२ देखि असोज १६ गतेसम्म ३ बराबरको १ का दरले हकप्रद जारी गरेको थियो ।
यो वाणिज्य बैंकले राष्ट्रबैंकले तोकेको समयभित्र ८ अर्ब चुक्तापूँजी पुर्याउने उद्देश्यले हालै विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्तिको सम्झौता गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago