काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभाको मिति टुंगो लगाएको छ।

कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २७ गते सोमबार आयोजना गर्ने निर्णय गरेको हो। सभा कम्पनीको काठमाण्डौ हात्तीत्रारस्थित प्रधान कार्यालयमा बिहान साढे ११ बजेबाट सुरु हुनेछ।

सभामा कम्पनीले प्रस्ताव गरेको आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार ७९७ रुपैयाँको कुल १५ प्रतिशत लाभांश पारित हुनेछ। प्रस्तावित लाभांशमा चुक्तापुँजीको ७ प्रतिशतले हुन आउने १५ करोड ८१ लाख २५ हजार २२६ रुपैयाँबराबरको बोनस सेयर र ८ प्रतिशतले हुन आउने १८ करोड ७ लाख १४ हजार ५४४ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) अनुमोदन हुनेछ। 

लाभांश र साधारणसभा प्रयोजनाका लागि कम्पनीले यही पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १६ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउने र साधारणसभा लिन योग्य हुनेछन्।