काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ । 

कात्तिक ९ गते बसेको यो इन्स्योरेन्स कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७२ /७३ को नाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

आर्थिक वर्ष २०७१/७२ मा यो कम्पनीले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गरेको थियो । 

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७२/७३ मा १८ करोड ५७ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको चुक्तापूँजी ३७ करोड ३७ लाख रुपैयाँ रहेको छ । घोषित २० प्रतिशत बोनस सेयर जारीपछि चुक्तापूँजी ४४ करोड ८४ लाख रुपैयाँ पुग्नेछ ।