काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको पुस ७ गते (बिहीबार) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।
सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा आर्थिक प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
सभाले नियमावली र प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स आपसमा गाभिनेसम्बन्धी विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ। मर्जरपछि बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम ‘सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड’ राख्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको मर्जर प्रयोजनका लागि कायम गरिएको १ः१ सेयर स्वाप रेसियो पनि स्वीकृत गर्नेछ। मर्जरपछि कम्पनीको सेयर स्वामित्व संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ५९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस २२ गतेदेखि साधारणसभा हुने दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19