काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स वित्तीय संस्था लिमीटेडले गरिमा रेमिट सेवा संचालन गर्ने सम्बन्धमा सम्झौता गरेको छ ।
गरिमा विकास बैंक लिमीटेड र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडबीच सम्झौता भएको हो ।
माघ १७ गते बिहीबार गरिमा विकास बैंक लिमीटेडको तर्फबाट बैंकका धरान क्लष्टर प्रमुख मीनप्रसाद सुवेदी र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि हाल देशभर सञ्चालनमा रहेका फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडका शाखाबाट गरिमा रेमिटमार्फत रकम पाउन, भुक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago