काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासमाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७० करोड ९१ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ९६.१३ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा संस्थाले ३६ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ८४.६३ प्रतिशतले बढेर १ अर्ब ४ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ५६ करोड ८१ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशतले बढेर १ अर्ब ११ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ८५ करोड ३१ लाख रुपैयाँ थियो।
चुक्तापुँजी ८४ करोड ४४ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमासमा १० अर्ब १४ करोड रुपैयाँ सापटी लिई २० अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले ८ अर्ब ७५ करोड रुपैयाँ सापटी लिई १५ अर्ब ३३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिमा संस्थाको रिजर्भको आकार ६४.४६ प्रतिशतले बढेर १ अर्ब ७३ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा १ अर्ब ५ करोड रुपैयाँ रहेको थियो।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर १.८६ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल २.७९ प्रतिशत थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १११.९७ रुपैयाँ, पीई रेसियो १९.८७ गुणा, प्रतिसेयर नेटवर्थ ३०५.२२ र तरलता अनुपात ५.३६ प्रतिशत रहेको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19