काठमाण्डौ । कुनै पनि फर्म तथा कम्पनीहरुले कर चुक्ताको प्रमाणपत्र पेश नगरी अब ऋण नपाउने भएका छन् । यसअघि यस्तो व्यवस्था थिएन ।
यो व्यवस्थाले बैंकबाट ऋण लिएर व्यवसाय गर्नेहरुमाथि दवाब परेको छ । उनीहरुले अब कर चुक्ताको प्रमाण नबुझाई ऋण पाउने छैनन् ।
नेपाल राष्ट्रबैंकले एक निर्देशन जारी गर्दै मौद्रिक नीतिमा भएको व्यवस्था अनुसार बैंक तथा बित्तीय संस्थाले फर्म तथा कम्पनीहरुलाई कर्जा प्रदान गर्दा वा नवीकरण गर्दा ऋणिसँग पछिल्लो कर चुक्ता प्रमाणपत्र वा अद्यावधिक कर चुक्ता दाखिला प्रमाणपत्र वा इ स्टेटमेन्ट लिएर मात्र कर्जा प्रदान तथा नवीकरण गर्न निर्देशन दिएको हो ।
यस्तै, ५० करोड वा सोभन्दा बढीको कर्जा उपयोग गर्ने ऋणिलाई कर्जा प्रवाह वा नवीकरण गर्दा ऋणि संस्थाको क्रेडिट रेटिंग एजेन्सीबाट गरिएको रेटिङलाई कर्जा मूल्यांकनको आधारको रुपमा लिनुपर्ने व्यवस्था समेत कार्यान्वयनमा ल्याइएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19