काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ।

संस्थाको सञ्चालक समितिको गत कात्तिक १३ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तावित कुल १०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश रहेका छन्।

सोही सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँबाट वृद्धि गरी ९६ करोड ४४ लाख ९२ हजार ४०० रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ। त्यस्तै प्रवबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाबाट पारित हुनेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका प्रतिवेदन पनि अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि संस्थाले आउँदो मंसिर ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २ गते (मंसिर ३ गते शुक्रबार र मंसिर ४ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै सभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।