काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले पार्किङ शुल्कको नाममा आफ्नै ग्राहकबाट समेत तोकिएको भन्दा अधिक रकम असूल्ने काम केही समय रोकेर फेरि सुरु गरेको छ । इन्भेष्टमेन्ट बैंकजस्तो प्रतिष्ठित र अधिक नाफा कमाउने संस्थाले आफ्ना ग्राहकलाई सुविधा थप्दै जानुपर्नेमा पार्किङ शुल्कमा समेत लोभ गरी महानगरपालिकाले तोकेभन्दा अधिक रकम असूली लुटधन्दा संचालन गरेको बिषयमा यसअघि बिजशालाले रिपोर्ट प्रकाशन गरेको थियो । रिपोर्ट प्रकाशनपछि केही दिनसम्म त्यहाँ कुनै शुल्क लिइएन । 

एक लघुवित्तले खुलाएको आइपीओमा बिक्री प्रबन्धक बनेको इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटलले आवेदन संकलन गर्नुपर्ने समयमा धेरै सर्वसाधारण जम्मा हुने र त्यस्तो बेलामा पार्किङ शुल्क लिंदा बैंकको बिषयमा नराम्रो छवि बन्ने भन्दै उच्च व्यवस्थापनको निर्देशनमा सुरक्षा गार्डहरुले पार्किङ शुल्क असूल्ने काम बन्द गरेका थिए । केही समय बन्द भएको पार्किङ शुल्कको नाममा संचालित लुटधन्दा फेरि सुरु भएको पाइएको हो । 

महानगरपालिकाले तोके भन्दा अचाक्ली दररेट लिएर ग्राहक लुटिरहेको बिषयमा बिजशालाले सप्रमाण समाचार प्रकाशन गरेपछि पार्किङको रेट भने परिवर्तन भएको पाइएको छ । पहिला मोटरसाइकलको प्रतिघण्टा २५ रुपैयाँ असूल्दै आएको बैंकले अहिले घटाएर १५ रुपैयाँ बनाएको छ ।

‘बीचमा माथिबाट आदेश भयो र रोकियो ।’ शुक्रबार इन्भेष्टमेन्ट बैंकको पुतलीसडकस्थित शाखासँगै रहेको पार्किंगमा परिचालित बैंकका सुरक्षागार्डले भने–‘अब फेरि उठाउनु भन्ने आदेश भएकोले उठाउन थालेका हौ ।’ उनले बैंकमा आउने ग्राहकरुले समेत पार्किङ शुल्क दिइरहेका दाबी गरे । 

महानगरपालिकाले तोके भन्दा अचाक्ली दररेट लिएर ग्राहक लुटिरहेको बिषयमा बिजशालाले सप्रमाण समाचार प्रकाशन गरेपछि पार्किङको रेट भने परिवर्तन भएको पाइएको छ । पहिला मोटरसाइकलको प्रतिघण्टा २५ रुपैयाँ असूल्दै आएको बैंकले अहिले घटाएर १५ रुपैयाँ बनाएको छ । ‘अब चाहि एकघण्टा मोटरसाइकल राख्नुहुन्छ भने १५ रुपैयाँ तिर्नुपर्छ ।’ ती सुरक्षागार्डले भने–‘दिनभरि राख्नुहुन्छ भने जम्मा २५ रुपैयाँ तिरेपुग्छ अब ।’ 

ती सुरक्षागार्डका अनुसार कार पार्क गरेको प्रतिघण्टा २५ रुपैयाँ तोकिएको छ । पहिला कारको प्रतिघण्टा ५० रुपैयाँ असूलिन्थ्यो ।

कहिले रोकिएला गैरकानूनी असूली ?
इजाजत लिएर पार्किङ संचालन गर्नेको हकमा समेत महनगरपालिकाले मोटरसाइकलको प्रति घण्टा ५ रुपैयाँ र कार तथा जिपको प्रति घण्टा २० रुपैयाँ दर तोकेको छ । पार्किङ संचालनको अनुमति लिएकाहरुले समेत यो भन्दा धेरै दररेट असूल्नु गैरकानूनी असूली हो । 

तर, पुतलीसडकस्थित इन्भेष्टमेन्ट बैंक गएका अधिकांश सेवाग्राहीबाट यस्तै गैरकानूनी असूली हुने गरेको छ । कसैलाई पार्किङ शुल्क लिएको रसिद दिइन्छ भने कतिपयलाई दिइन्न । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘एनआइबिएल पार्किङ एट पुतली सडक’ नामको रसिद नै बनाएर सर्वसाधारणबाट गैरकानूनी ढंगले रकम असूल्ने काम अझै रोकेको छैन । 

पैसा गैरकानूनी ढंगले असूले पनि बैंकको निजी पार्किङमा समेत सेवाग्राहीको सवारी साधनको सुरक्षामा बैंक पन्छिएको छ । त्यहाँको पार्किङबाट हेल्मेट समेत हराउन थालेको शुक्रबार त्यहाँ भेटिएका केही सेवाग्राहीहरुले गुनासो गरेका छन् । 

‘आफैं जिम्मा लिने हो भने फेरि उनीहरुलाई किन महंगो रकम किन पार्किङ शुल्कको रुपमा तिर्नुपर्ने ?’ केहीबेरअघि मात्र हेल्मेट हराएको दाबी गर्ने एक सेवाग्राहीले भने–‘महानगरपालिकाले काठमाण्डौका यस्ता धेरै ठाउँका पार्किङमा भइरहेको लुटको बिषयमा खोजबिन गरोस् ।’ 

नेपाल इन्भेष्टमेन्ट बैंक मात्र होइन, ठमेलमा आफ्नो पार्किङ संचालन गरेको हिमालयन बैंकले पनि आफ्ना सेवाग्राहीबाट पार्किङ शुल्क असूल्ने धन्दा अझै जारी राखेको छ । 

त्यहाँको पार्किङ शुल्क चाहि दुई पाङ्ग्रे सवारीका लागि प्रति घण्टा १५ र चार पाङ्ग्रेका लागि प्रतिघण्टा ४० रुपैयाँ तोकिएको छ, यो दररेट समेत पूर्ण रुपमा गैरकानूनी हो । सो पार्किङमा समेत शुल्क असूल्ने बैंकले सवारी साधन, बाइकको हेल्मेट हराएमा आफू जिम्मेवार नहुने भन्ने व्यहोरोको कुपन दिने गरेको छ ।

‘सर्वसाधारणको सेवाका लागि खुलेका बैंकहरुले पार्किङ स्थल समेत निःशुल्क गराउन नसक्नु हेर्दा सानो लाग्ने, तर ठूलो लुट हो ।’ हिमालयन बैंकका एक सेवाग्राहीले भने–‘ठूला र धेरै नाफा कमाउने बैंकहरुले आफ्ना सेवाग्राहीलाई समेत पार्किङ शुल्क असूल्न लुट हो ।’ 

‘सर्वसाधारणको सेवाका लागि खुलेका बैंकहरुले पार्किङ स्थल समेत निःशुल्क गराउन नसक्नु हेर्दा सानो लाग्ने, तर ठूलो लुट हो । ठूला र धेरै नाफा कमाउने बैंकहरुले आफ्ना सेवाग्राहीलाई समेत पार्किङ शुल्क असूल्न लुट हो ।’ 

कुनै बैंकमा कुनै बेला ३–४ घण्टासम्म काम पर्छ । यस्तो अवस्थामा नास्ता खाने पैसा पार्किङको रुपमा बुझाएर हिँड्नुपर्ने बाध्यता रहेको पीडित बताउँछन । 

केही लोभी र गैरजिम्मेवार बैंकले पार्किङ शुल्कको रुपमा सर्वसाधारण सेवाग्राहीमा असूली धन्दा संचालन गरे पनि राजधानीका अधिकांश बैंक तथा बित्तीय संस्थाको निजी पार्किङ निःशुल्क छ । जस्तो एनएमबी बैंक, सेञ्चुरी बैंक, प्रभू बैंक, भिबोर सोसाइटी विकास बैंक, कैलाश विकास बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बंगलादेश बैंक लगायतमा पार्किङ शुल्क तिर्नुपर्दैन । 

आर्थिक वर्ष २०७२/७३ मा नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ५९ करोड र हिमालयन बैंकले १ अर्ब ९१ करोड खूद नाफा आर्जन गरेका थिए । यति धेरै नाफा कमाउने बैंकहरुले आफ्ना सेवाग्राहीलाई पार्किङ सुविधा पनि नदिनु र उल्टो गैरकानूनी असूलीको धन्दा संचालन गर्नु निकै लाजमर्दो बिषय हो ।

इन्भेष्टेमन्ट बैंक र हिमालयन बैंकको हकमा उनीहरुले पार्किङ स्थल संचालनका लागि अनुमति नलिएका, आधिकारिक बिल समेत प्रयोग नगरेका, पार्किङबापत संकलन हुने रकमबाट कर नतिरिएको र काठमाण्डौ महानगरपालिकाको रेट भन्दा औधी असूलेर गैरकानूनी धन्दा संचालन गरिरहे पनि उनीहरुमाथि कुनै कारबाही हुन सकेको छैन । 

यसैबीच, काठमाण्डौ महानगरपालिकाका संचार अधिकृत महेश काफ्लेका अनुसार बैंकहरुले बिना इजाजत पार्किङ स्थल संचालन गर्नु नै गैरकानूनी काम हो । ‘इजाजत लिएर पार्किङ संचालन गर्नेको हकमा समेत महनगरपालिकाले मोटरसाइकलको प्रति घण्टा ५ रुपैयाँ र कार तथा जिपको प्रति घण्टा २० रुपैयाँ दर तोकेको छ ।’ उनले भने–‘पार्किङ संचालनको अनुमति लिएकाहरुले समेत यो भन्दा धेरै दररेट असूल्नु गैरकानूनी असूली हो ।’ 

उनका अनुसार घर निर्माणका लागि घरनक्सा पास गर्नु परे झै काठमाण्डौ महानगरपालिकाभित्र पार्किङ संचालन गर्दा पार्किङस्थलको नक्सा पास गर्नु अनिवार्य हुन्छ । नक्सापास भएपछि सम्बन्धित निकायबाट पार्किङको स्वीकृति प्रदान गरिन्छ । त्यसपछि आधिकारिक बिलहरु छापेर पार्किङ शुल्क उठाउन पाइन्छ र उठेको रकमबाट सरकारलाई कर समेत तिर्नुपर्छ । तर इन्भेष्टेमन्ट बैंक र हिमालयन बैंकको हकमा उनीहरुले पार्किङ स्थल संचालनका लागि अनुमति नलिएका, आधिकारिक बिल समेत प्रयोग नगरेका, पार्किङबापत संकलन हुने रकमबाट कर नतिरिएको र काठमाण्डौ महानगरपालिकाको रेट भन्दा औधी असूलेर गैरकानूनी धन्दा संचालन गरिरहेका पाइएको छ । 

उनले ‘छानबिन गर्छौ’ भन्ने पुरानै रट यसपटक पनि दोहोर्याए ।