काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले आगामी फागुन ३० गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र निश्कासन गर्ने भएको छ । 

बैंकले रु. १००० दरका कुल ३० लाख कित्ता ऋणपत्र निश्कासन गर्न लागेको हो । 

ऋणपत्रमा छिटोमा चैत ४ गतेभित्र र ढिलोमा चैत १४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

‘१० प्रतिशत एनएमबी डिवेञ्चर–२०८५’ नामको ऋणपत्र १० वर्षमा परिपक्व हुनेछ भने ऋणपत्रमा लगानी गर्नेले १० प्रतिशत ब्याज पाउनेछन् । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।

कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता डिवेञ्चरले हुन आउने कुल १ अर्ब २० करोड ऋणपूँजी(६० हजार कित्ता म्युचुअल फण्डका लागि) सर्वसाधारणका लागि छुट्याइएको छ । 

बाँकी १८ लाख कित्ता प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ । 

यसअघि बैंकले ५० करोड मूल्यको ‘७ प्रतिशत एनएमबी ऋणपत्र–२०७७’ निश्कासन गरेको थियो । पछिल्लो डिवेञ्चरसहित ऋणपत्रमा एनएमबी बैंकको कुल ३ अर्ब ५० करोडको पोर्टफोलियो तयार हुनेछ ।