काठमाण्डौ । फिबोनासी एक्सटेन्सन टुलले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गर्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ।
त्यस्ता अनुपातलाई फिबोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्छन।
यही विधिबाट नियाल्दा पछिल्लोपटकको न्यून विन्दु १८५० देखि २२७५ सम्म फिबोनासी तानेर हेर्दा बजारको सपोर्ट ०.३८ प्रतिशतको २११३ विन्दुमा देखिन्छ। त्यहाँबाट पनि बजार टिक्न नसकेर तल झरेको छ। (हेर्नुहोस् कालो एरो)
प्राविधिक विश्लेषणमा फिबोनासीमार्फत एउटा सपोर्ट भत्किए पछि अर्को सपोर्ट हेर्ने गरिन्छ। त्यसैअनुसार अबको नजिकको सपोर्ट भनेको ०.५ प्रतिशत हो। त्यो भनेको २०६० हुन आउँछ। (हेर्नुहोस् पहिलो हरियो एरो)
यदि ०.५ प्रतिशतबाट पनि तल आउँछ भने अर्को सपोर्ट भनेको ०.६१ प्रतिशतको हुन्छ। त्यो भनेको २०१२ विन्दुसम्म हुन आउँछ। (हेर्नुहोस् दोस्रो हरियो एरो)
एकपटक बजार बढेपछि घट्दा अधिक मात्रामा ०.६१ प्रतिशतसम्मको करेक्सन आउने भएकोले अहिलेको करेक्सन २००० हजारभन्दा माथिका यी कुनै पनि विन्दुबाट सपोर्ट लिएर फर्किन सक्छ।
नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19