-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स नेपालको निर्जीवन बीमा कम्पनीहरु मध्यको एक हो । साविक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स एक अर्कोमा मर्ज भएर हिमालयन एभरेष्ट कम्पनी बनेको हो । 
आधाभुत पक्ष : 
चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चुक्तापूँजी २  अर्ब ३० करोड रुपियाँ छ । कम्पनीको जगेडा कोष १ अर्ब ९५ करोड  रुपियाँ छ । पहिलो त्रैमासमा  कम्पनीको खूद मुनाफा ५ करोड ३५ लाख रुपियाँ छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ९.३ रुपियाँ छ । कम्पनीको बुक भ्यालु १८७.२५ रुपैयाँ छ । कम्पनीको रिर्टन अन इक्विटी ४.९६ प्रतिशत छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा ३०.६७ प्रतिशतले बढी हो । 
प्राविधिक पक्ष : 
फियर एण्ड ग्रिडको आधारमा -
फियर एण्ड ग्रिड मिटरमा यो कम्पनी साप्ताहिक रुपमा बुलिस सेन्टिमेन्टमा छ । हाल फियर एण्ड ग्रिड मिटर ७०  को तहमा पुगेको छ । यस्तो मिटर यदि २० भन्दा तल भएको खण्डमा वियरिस र ६० भन्दा माथि भएको खण्डमा बुलिस सेन्टिमेन्ट भन्ने हुन्छ ।

कम्पनीको ५२ साताको उच्च मूल्य ६८४ रुपियाँ र न्युन मूल्य ३५५रुपैयाँ थियो । हाल यो कम्पनीको दोस्रो बजारमा अन्तिम मूल्य ५९५ रुपैयाँ छ । यो कम्पनीमा संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

इचिमोकूको आधारमा :
इचिमोकूको आधारमा यो कम्पनीले बुलिस यात्रा तय गर्दै गरेको देखिन्छ । किनकि मूल्य रेखाहरु क्लाउड पोजिसनबाट माथि लागेका छन् । बेस लाइनले कन्भर्जन लाइनलाई तलबाट काटेको अवस्था छ । अर्थात् हाल रातो रहेको क्लाउडको पोजिसन् अब विस्तारै हरियो बन्दै गरेको देखिन्छ ।

२६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन् पनि क्लाउड पोजिसनमा छिरेको छ । लिड १ र लिड २ बीच क्रसओभर भएको देखिन्छ । 

बोलिङगर ब्यान्ड, म्याक्डी र आरएसआई :
बेलिङगर ब्यान्डको आधारमा यो कम्पनीको मूल्य रेखा अपर ब्यान्डसँगै हिंडेको देखिन्छ । यो कम्पनीमा भोलुम पनि साताको दोस्रो कारबोर दिन सोमबार लामो समय पछि उच्च आएको छ । म्याक्डीको आधारमा हेर्दा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै छ । हिस्टोग्राम सकारात्मक र लामा लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोन ७३ को तहमा पुगेको छ ।

समग्र तीन वटै इन्डिकेटरबाट हेर्दा यो कम्पनीमा बुलिस भएता पनि अल्पकालमा भने केही करेक्सन आउन सक्ने देखिन्छ । 

पिभट :

पिभट विश्लेषणले सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकाल्दछ ।

बढेमा प्रतिरोध :
प्रतिरोध ३ –६३६
प्रतिरोध २ –५९१
प्रतिरोध १– ५५०
पिभट प्वइन्ट : ५०५

घटेमा सपोर्ट :
सपोर्ट १– ४६४
सपोर्ट २– ४१९
प्रतिरोध ३ –३७८


निष्कर्ष : आधारभुत यो कम्नपनीलाई नियाल्दा यो कम्पनीले पछिल्लो वर्षमा रिर्टन अन इक्विटी र जगेडा कोषमा प्रगति गरेको देखिन्छ । अर्थात् बढ्दो क्रममा रहेको देखिन्छ ।  बुक भ्यालु र प्रतिसेयर आम्दानीमा पनि प्रगति देखिन्छ ।

चालू आवको पहिलो त्रैमासमा अघिल्लो आर्थिक बर्षको तुलनामा खूद मूनाफामा भने करिब १ करोड ५० लाख रुपैयाँ जति बढेको  देखिन्छ । निर्जीवन कम्पनीहरुलाई आवश्यक पूँजी करिब २० करोड रुपैयाँ मात्रै नपुग रहेको देखिन्छ ।

प्राविधिक रुपमा यो कम्पनी फियर एण्ड ग्रिड मिटरको आधारमा बुलिस सेन्टिेमन्टमा देखिन्छ भने इचिमोकुमा पनि बुलिस यात्रा मै रहेको देखिन्छ । तर अल्पकालमा भने यो कम्पनीमा सामान्य करेक्सन हुन सक्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबार को सिफारिस भने होइन ।)