– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी नेपालमा सञ्चालनमा रहेका १५ वटा निर्जीवन बीमा कम्पनीमध्ये एउटा हो। यो कम्पनी सन् २०९४ मा स्थापित भएको हो। हालसम्म आइपुग्दा राजधानीभित्र र बाहिर गरेर यो कम्पनीका ७० भन्दा बढी शाखा रहेका छन्। 

आधारभूत पक्ष 

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेको इन्सुरेन्सको चुक्तापुँजी २ अर्ब १ करोड रुपैयाँ र जगेडा कोषमा ३९ करोड ६२ लाख रुपैयाँबराबर रहेको छ। जगेडा कोषको आकार अघिल्लो आर्थिक वर्षको तुलनामा ३६.३२ प्रतिशतले घटेको छ। 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २२.६५ रुपैयाँ, बुक भ्यालु २०० रुपैयाँ र रिटर्न अन इक्विटी ११.३१ प्रतिशत रहेको छ। कम्पनीको १० वर्षको औसत लाभांशदर १४.१२ प्रतिशत रहेको छ। 

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा 

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।  

यो कम्पनीको सेयरभाउको पछिल्लो अवस्था न्यून विन्दु ५२३ रुपैयाँदेखि नियालेर हेर्दा सानो समयावधि (माइक्रो लेभल)मा ७२३ रुपैयाँसम्म र वेभ–१ र वेभ–२ मा करेक्सन भएर ५६८ रुपैयाँसम्म आएको देखिन्छ। वेभ–३ मा एक्सटेन्सका साथ ८२० रुपैयाँ पुगेको छ। त्यसपछि वेभ–४ मा करेक्सन भएर ७११ रुपैयासम्म आएको छ। वेभ–५ मा बढोत्तरीका साथ ९४० रुपैयाँ पुगेर यो कम्पनीको सेयरमा हाल ए, बी र सी करेक्सन हुँदै गरेको देखिन्छ। यो करेक्सनबाट कम्पनीको सेयरभाउ ८२१ रुपैयाँसम्म आउन सक्छ। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा)

फियर एन्ड ग्रिड मिटरका आधारमा 

फियर एन्ड ग्रिड मिटरका आधारमा नेको इन्सुरेन्सको सेयरभाउ हाल न्युट्रल सेन्टिमेन्टमा चलेको देखिन्छ। यसको अर्थ लगानीकर्ता यो कम्पनीमा हाल पर्ख र हेरको अवस्थामा रहेको भन्ने हो। कम्पनीको ५२ साताको उच्च मूल्य ९२७ रुपैयाँ र न्यून मूल्य ६६८ रुपैयाँ रहेको छ। 

यो कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ। 

बोेलिंगर, म्याक्डी र आरएसआईका आधारमा 

बोलिंगर ब्यान्डका आधारमा यो कम्पनीको सेयरभाउ  लामो समयदेखि मध्य ब्यान्डमा टिकेको देखिन्छ। बोलिंगरको अप्पर ब्यान्ड र लोवर ब्यान्डको दूरी एकनाश रहेको छ। यसले कम्पनीको सेयरभाउ साइडवज चलेको देखिन्छ। 

म्याक्डीमार्फत हेर्दा २ कारोबारपहिले कम्पनीको सेयरभाउ बुलिस क्रसओभर बनेको देखिन्छ। हिस्टोग्राम सकारात्मक बनेका छन्। आरएसआई ५८ को तहमा रहेको छ। यदि आगामी कारोबारमा आरएसआई ६० भन्दा माथि गएमा कम्पनीको सेयरभाउले बुलिस यात्रा तय गर्न सक्छ। बोलिंगरको अप्पर ब्यान्ड र लोवर ब्यान्डको दूरी साँघुरिँदै गएको छ। यसले कम्पनीको सेयरमा ट्रेन्ड परिवर्तन गर्न सक्छ। 

पिभट प्वइन्टका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध 

  • प्रतिरोध ३ –९६७
  • प्रतिरोध २ –९४६
  • प्रतिरोध १– ९१९

पिभट प्वइन्टः ८९८

घटेमा सपोर्ट 

  • सपोर्ट १– ८७१
  • सपोर्ट २– ८५०
  • प्रतिरोध ३– ८२३

निष्कार्ष

आधारभूत रुपमा पनि नेको इन्सुरेन्स ठीकै रहेको पाइन्छ।  कम्पनीको पुँजी बढ्दै जाँदा रिटर्न अन इक्विटी र प्रतिसेयर आम्दानी भने घटेको देखिन्छ। हालको चुक्तापुँजी बीमा प्राधिकरणले तोकेको भन्दा केही कम नै रहेको देखिन्छ। 

प्राविधिक रुपमा नेको इन्सुरेन्सको सेयरभाउ एक चरण  बढेर हाल नाफा बुक अर्थात साइडवेजमा चलेको देखिन्छ। इलिअट वेभबाट नियाल्दा केही समय ए, बी र सी चल्दै गरेको देखिन्छ। विभिन्न इन्डिकेटरमार्फत हेर्दा यो कम्पनीको सेयर न्युट्रल सेन्टिमेन्ट चलेको छ। यो कम्पनीको सेयर अल्पकालमा करेक्सन चलेको भए पनि दीर्घकालमा भने पुनः एकपटक माथिको यात्रा तय गर्न सक्ने सम्भवाना जीवितै छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।