– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेसनल हाइड्रोपावर साना जलविद्युत विकास परियोजनाअन्तर्गत स्थापित कम्पनी हो। यो कम्पनी सन् १९९९ मा सिन्धुपाल्चोकमा स्थापित भएको थियो। यो कम्पनीको ७.५ मेगावट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा छ। भोजपुर जिल्लामा रहेको १४.५ मेगावट क्षमताको इरखुवा जलविद्युतको पनि यो कम्पनी मुख्य प्रमोटर सेयरहोल्डर हो।
आधारभूत पक्ष
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीको चुक्तापुँजी १ अर्ब ६४ करोड रुपैयाँ र रिजर्भमा २ करोड ३८ लाख रुपैयाँ रहेको छ। रिभर्ज अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ९० प्रतिशतले गिरावट आएको छ।
यसैगरी समीक्षा अवधिमा कम्पनीले ६८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ९९ प्रतिशतले कम हो।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १.९६ रुपैयाँ, बुक भ्यालु १०१.३६ रुपैयाँ र रिटर्न अन इक्विटी १.६३ प्रतिशत रहेको छ।
यो कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७–७८ का लागि लगानीकर्तालाई १८.५ प्रतिशत बोनस सेयरसहित १९.५ प्रतिशत लाभांश दिएको थियो। यो कम्पनीमा संस्थापक समूहको ८० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व रहेको छ।
फियर एन्ड ग्रिड मिटरका आधारमा
फियर एन्ड ग्रिड मिटरका आधारमा यो कम्पनी हाल स्ट्रङ बुलिस सेन्टिमेन्ट रहेको छ (हेर्नुहोस् माथि मुख्य तस्बिरमा)। ५२ सातामा यो कम्पनीको उच्च मूल्य ४३८ रुपैयाँ रहेको थियो भने न्यून मूल्य १८० रुपैयाँसम्म आएको थियो। हाल दोस्रो बजारमा यो कम्पनीको २४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
सुपर ट्रेन्डका आधारमा
सुपर ट्रेन्डका आधारमा पनि यो कम्पनी बुलिस नै देखिन्छ। करिब एक महिनापहिले मूल्यरेखाले ट्रेन्ड लाइनलाई तलबाट काटेर माथि गएको छ (हेर्नुहोस् माथि मुख्य तस्बिरमा हरियो एरो)। यसले यो कम्पनी बुलिस बनेको बुझिन्छ।
इचिमोकुका आधारमा
इचिमोकुमार्फत हेर्दा यो कम्पनीमा मूल्यरेखा क्लाउड पोजिसनभन्दा माथि गएका छन्। योसँगै क्लाउड पोजिसन पनि रातोबाट हरियो बनेको छ भने बेस लाइनले कन्भर्जन लाइनलाई करिब १५ दिन पहिले नै काटेर माथि गएको छ। यसले पनि यो कम्पनीको सेयर बुलिसमै चलेका बुझिन्छ।
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
बोलिंगर ब्यान्डमार्फत हेर्दा यो कम्पनीको मूल्यरेखाले अप्पर ब्यान्डलाई छोएर हरियो मारुबुजु क्यान्डल बनाएको छ। म्याक्डीमा गत २७ डिसेम्बरमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन्। आरएसआई भने ओभर बट जोन ७६ मा पुगेको छ। यसले केही समयमा यो कम्पनीमा सामान्य करेक्सन हुन सक्ने देखिन्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः २०९
घटेमा सपोर्ट
निष्कर्ष
यो कम्पनी आधारभूत रुपमा कमजोर नै देखिन्छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीको ईपीएस, रिटर्न अन इक्विटीलगायत कम्पनीको नेटवर्थ निकै कमजोर देखिन्छ।
प्राविधिक रुपमा फियर एन्ड ग्रिड मिटर तथा सुपर ट्रेन्ड तथा इचिमोकुबाट भने कम्पनी बुलिस सेन्टिमेन्टमा रहेको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19