– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सम्पूर्ण नागरिकलाई लगानी कोषमा समावेश गर्ने उद्देश्यले २०४७ साल चैत ४ मा स्थापित भएको कम्पनी हो, नागरिक लगानी कोष (सीआईटी)। यो कम्पनीले औपचारिक रुपमा काम भने १ माघ २०४८ बाट सुुरु गरेको थियो। यो कम्पनीमा आमसर्वसाधारणले स्वेच्छाले पैसा जम्मा गरेर पेन्सनको सुविधा लिन सक्छन्। यो कम्पनीले आफ्ना विभिन्न प्रडक्टहरुमा कर्मचारी वित्तीय अवकाश बचत कोष, नागरिक स्टक डिलर, नागरिक पेन्सन योजना, नार्क बीमा, म्युचुअल फन्डअन्तगर्त नागरिक एकांक योजना सञ्चालनमा रहेको छ।
आधारभूत पक्ष
चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी ४ अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ। कम्पनीको सेयर प्रिमियम २ अर्ब ८३ करोड रुपैयाँबराबर रहेको छ। समीक्षा अवधिमा कम्पनीले ५१ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ३२ प्रतिशतले बढी हो।
दोस्रो त्रैमाससम्म कम्पनी प्रतिसेयर आम्दानी २४.१५ रुपैयाँ, बुक भ्यालु १९५.६५ रुपैयाँ र रिटर्न अन इक्विटी १२.३४ रुपैयाँ रहेको छ। रिटर्न अन इक्विटीमा अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १५ प्रतिशतले गिरावट आएको छ।
यो कम्पनीको १० वर्षको औसत लाभांशदर २९.८ प्रतिशत रहेको छ।
प्राविधिक पक्ष
फियर एन्ड ग्रिड मिटरका आधारमा
फियर एन्ड ग्रिड मिटरका आधारमा यो कम्पनी हाल न्युट्रल सेन्टिमेन्टमा रहेको देखिन्छ। यसको अर्थ यो कम्पनीमा लगानीकर्ताको आकर्षण हाल सामान्य अवस्थामा रहेको छ भन्ने हो। कम्पनीको प्रतिकित्ता सेयर ५२ साताको उच्च मूल्य ३१०२ रुपैयाँ र न्यून मूल्य १७९० रुपैयाँ रहेको छ। यो कम्पनीमा ८० प्रतिशत सेयर संस्थापक समूहको र २० प्रतिशत सर्वसाधरण समूहको रहेको छ।
बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा
बोलिंगर ब्यान्डका आधारमा यो कम्पनीको मूल्यरेखाले मध्य ब्यान्ड छोडेर तल झरेको अवस्था देखिन्छ। म्याक्डीमा बियरिस क्रसओभर बनेको छ। आज हिस्टोग्राम नेगेटिभ बनेको देखिन्छ। आरएसआई पनि आज न्युट्रन जोनबाट तल झरेर ४६ को विन्दुमा रहेको छ।
सुपर ट्रेन्डका आधारमा
सुपर ट्रेन्डका आधारमा यो कम्पनी हाल बियरिस अवस्थामा देखिन्छ। कम्पनीको मूल्यरेखाले सुपर ट्रेन्डलाई गत जनवरी महिनामा नै माथिबाट काटेर तल झरेको छ। त्यसपछि करिब २ महिनासम्म यो कम्पनीको सेयरमूल्यमा बिक्री दबाब रहेको छ। तर, लामो समयदेखि २००० को आसपासमा सपोर्ट लिएको छ।
पिभट विश्लेषण
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। यो कम्पनीको हालको पिभट प्वइन्टका विन्दुहरु यस प्रकार रहेका छन्–
बढेमा प्रतिरोध
पिभट प्वइन्टः २०४७
घटेमा सपोर्ट
निष्कर्ष
आधारभूत रुपमा नागरिक लगानी कोष एउटा बलियो कम्पनी देखिन्छ। यो कम्पनी पुँजी बढ्दै जाँदा खुद मुनाफा पनि बढेको छ। पुँजीको करिब ६७ प्रतिशत जगेडा कोष रहेको छ। तर, रिटर्न अन इक्विटीमा भने करिब १५ प्रतिशतले गिरावट आएको छ।
प्राविधिक रुपमा हेर्दा लामो समय २००० रुपैयाँ माथि टिकेको यो कम्पनीको सेयरमूल्यमा अल्पकालमा केही करेक्सन हुन सक्ने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19