काठमाण्डौ । फिवोनासी एक्सटेन्सनले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। 

त्यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। 

पछिल्लोपटक १८१० बाट बढेको बजारलाई १९१० सम्म फिवोनासी तानेर हेर्दा ०.६१ प्रतिशत लगभग १८५० मा हुन आउँछ (हेर्नुहोस् हरियो एरो)। हिजो र आजको २ दिनको कारोबारमा बजारले यो विन्दुमा बलियो सपोर्ट लिएको देखिन्छ। 

पिभट प्वइन्टमार्फत बजारलाई नियाल्दा यदि आगामी दिनमा बजार बढेमा पहिलो प्रतिरोध १८६८, दोस्रो प्रतिरोध १८८२ र तेस्रो प्रतिरोध १९१० मा रहेको छ। 

त्यसैगरी यदि बजार घटेमा पहिलो, दोस्रो तथा तेस्रो सपोर्ट क्रमशः  १८२५, १७९७ तथा १७८२ मा रहेको छ।