काठमाण्डौ । यो साता कारोबारको दोस्रो दिन सोमबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८६५ रुपैयाँ कायम भएको छ। यो भाउ नेपाली सुनबजारकै इतिहासमा दोस्रो उच्च दर हो।
हिजो आइतबार सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो।
गत बिहीबार भने सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। यो दिन तोलामै ९०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको भाउ पनि आज सोमबार १० रुपैयाँले उकालो लागेको छ। यो बढोत्तरीसँगै चाँदी प्रतितोला ९९० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार चाँदीको भाउ स्थिर रहँदै ९८० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19