काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19