काठमाण्डौ । कच्चा तेलको मूल्यमा पुनः उछाल आउन थालेको छ ।
गत साता चाहिँ कच्चा तेलको मूल्यमा गिरावट आएको थियो । तर, यो साताको सुरुवातमै मूल्य उछालको गतिमा बढ्न थालेको हो ।
हिजो कच्चा तेलको मूल्य एकैदिन उच्च अंकले बढ्यो । यो क्रममा ब्रेन्ट क्रूडको मूल्य एकैदिन ४.१४ प्रतिशतले बढेर प्रतिब्यारेल ९२.८४ डलरको उचाईमा पुगेको छ ।
यस्तै, डब्ल्यूटीआई क्रूडको मूल्य समेत बढेर ८६.७९ डलर प्रतिब्यारेलको कारोबार हुन थालेको छ । डब्ल्यूटीआई क्रूडको मूल्य पनि एकैदिन ३.२५ प्रतिशतले बढेको हो ।
यस्तै, यो बीचमा कच्चा तेल उत्पादक देशहरुको साझा संगठन ओपेकले दैनिक तेल उत्पादनमा केही कटौति गर्दै मूल्यलाई धेरै तल झर्न नदिने रणनीति लिएको थियो । ओपेक देशहरुले कच्चा तेलको मूल्य भरसक ९० डलर प्रतिब्यारेलदेखि तल नजाओस् भन्ने चाहेका छन् । यसकारण समेत आगामी दिनमा यसअघि कतिपय विश्लेषकले अनुमान गरेजस्तो कच्चा तेलको मूल्य धेरै तल झर्नसक्ने सम्भावना नदेखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19