काठमाण्डौ । यो साता कारोबारको पाँचौँ दिन बिहीबार सुनको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँ कायम भएको छ।
सुनको भाउ हिजो बुधबार तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको भाउ गत मंगलबार पनि तोलामै ९०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ७०० रुपैयाँमा कारोबार भएका थियो।
यो साता कारोबारको पहिलो दिन आइतबार तोलामा ६०० रुपैयाँले घटेको सुनको भाउ सोमबार भने स्थिर रहेको थियो। भाउमा आएको गिरावटसँगै आइतबार प्रतितोला फाइन गोल्ड ९३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज बिहीबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ। योसँगै आज प्रतितोला चाँदीको भाउ १ हजार १७५ रुपैयाँ कायम भएको छ।
हिजो बुधबार चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको १ हजार १९० रुपैयाँमा कायम भएको थियो भने मंगलबार २५ रुपैयाँले बढेर १ हजार १७५ रुपैयाँ कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19