 
                     
                                
                             
                                    काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २०.१६ अंकले घटेको छ।
बुधबार ५.१६ अंकले बढेको बजार बिहीबार भने २०.१६ अंकले घटेर १ हजार ८७४.६० को विन्दुमा आइपुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.९५ अंकले घटेर ३५९. १३ को विन्दुमा पुगेको छ।
आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका ७५ लाख ५८ हजार ५४२ कित्ता सेयर १ अर्ब ७० करोड १२ लाख ९हजार ८१५ रुपैयाँमा कारोबार भएको छ ।
बजार जानकार राजन लम्साल भन्छन्, ‘आज मार्केट घट्नुको मुख्य कारण क्लोजिङको टाइमले गर्दा हो । दसैंको लागि खर्च निकाल्नका लागि आज अन्तिम दिन भएकोले प्रेसर सेलिङ बढी हुँदा मार्केट घट्न पुगेको हो ।’ उनले भने, ‘सम्भवतः सोमबारबाट बजार यो अवस्थामा नघट्न सक्छ, कात्तिकदेखि ब्याजदर घटाउने कुरा आइरहेकोले गर्दा बजार अब बढ्न सक्ने बढी सम्भावना छ ।’
अर्का बजार जानकार यज्ञ घिमिरे भन्छन्, ‘आज बजार घट्नु मुख्य कारण भनेको दशैंको प्रभाव हो । चाडपर्व नजिकिंदै गएकोले लगानीकर्ताहरुले खर्च निकाल्नका लागि सेयर बिक्री गर्दा मार्केट डाउन भएको हो ।’
उनले भने, ‘आज बिक्रीको चाप देखिएकोले कारोबार रकमसमेत बढ्न पुगेको छ ।’
साथै ब्याजदर घट्ने अवस्था नदेखिएकोले बजार घट्न पुगेको घिमिरे बताउँछन् । उनी भन्छन्, ‘१२ करोडको क्याप हटेपनि लगानीकर्ताले खोजे जस्तो मार्केटको लागि नीति नआउँदा बजारको अवस्थामा सुधार नआएको हो ।’
आज नेप्से उपसमूहमा रहेका १३ ओटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहमा रातो पोतिएको छ । यो दिन म्युचुअल फण्ड समूह ०.१६अंकले बढेको छ भने होटल एण्ड टुरिजम समूह सर्वाधिक ३ प्रतिशतले घटेको छ। त्यसपछि हाइड्रो पावर समूह १.५९ प्रतिशतले घटेको छ। त्यसपछि निर्जीवन बीमा समूह र वीत्त समूह क्रमश : १.५२ र १.४१ प्रतिशतले ओरालो लागेको छ ।
धेरै कारोबार गर्ने कम्पनीहरु 
यो दिन लक्ष्मी सनराइज बैंकका संस्थापक सेयरको सर्वाधिक १६ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५करोडभन्दा बढीको  कारोबार भएको छ भने नेपाल एसबीआई बैंकको ४ करोडभन्दा बढीको कारोबार भएको छ ।
धेरै कमाउने र धेरै गुमाउने
आज भगवती हाइड्रोपावर तथा मीड सोलु हाइड्रो पावरका सेयरधनीहरुले धेरै कमाएका छन् । भगवती हाइड्रो पावर र मीड सोलु हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।यी दुवै कम्पनीको यो दिन पहिलो सेयर कारोबार भएको हो । यसैगरी यो दिन हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयरभाउ ९.९८प्रतिशत बढीले उकालो लागेको छ भने एनआईबीएल ग्रोथ फण्डको इकाई ९.९५ प्रतिशतले उकालो लागेको छ।
यो दिन सीटी होटलका सेयरधनीहरुले धेरै गुमाएका छन् । यो कम्पनीको सेयरभाउ ९.०९ प्रतिशत बढीले ओरालो लागेको छ। त्यस्तै बाराही हाइड्रोपावरको सेयरमूल्य ८.१९ प्रतिशतले ओरालो लागेको छ । यसैगरी बलेफी हाइड्रोपावरको सेयरमूल्य ८.०५ प्रतिशतले ओरालो लागेको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19