काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्यमा उछाल आएको छ। 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि प्रतिब्यारल ८३ डलरमाथि पुगेको छ। आज बिहान ब्रेन्ट क्रुड आयल प्रतिब्यारल ८३.२५ डलरमा कारोबार भएको थियो। डब्ल्यूटीआई क्रुड आयल पनि ७९.२९ डलर प्रतिब्यारल कारोबार भइरहेको छ। 

केही महिनायता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ८० डलर मुनि नै कारोबार भइरहेको थियो। तर, अहिले फेरि भाउ बढ्न थालेपछि प्रतिब्यारल ८३ डलर माथि पुगेको हो। 

ओपेक प्लस राष्ट्रहरुले तेल उत्पादन कटौती गर्ने निर्णय गर्नु र अन्य मुद्राको तुलनामा डलरको भाउ कमजोर हुन थालेसँगै कच्चा तेलको मूल्यमा उछाल आएको जानकारहरु बताउँछन्। –एजेन्सी