काठमाण्डौ । हिजो मंगलबार भारी गिरावट आएको सुनको भाउमा आज बुधबार झिनो बढोत्तरी भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले उकालो लागेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ४०० रुपैयाँ कायम भएको छ।
लगातार बढिरहेको सुनको भाउमा हिजो मंगलबार भारी गिरावट आएको थियो। यो दिन तोलामै ३ हजार ४०० रुपैयाँले घटेर प्रतितोला फाइन गोल्ड ९४ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
गत सोमबार सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला फाइन गोल्ड ९७ हजार ७०० रुपैयाँ तेजाबी गोल्ड ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। गत साता शुक्रबार तोलामै १ हजार रुपैयाँ बढेर प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो तोलामै ७० रुपैयाँ घटेर चाँदीको भाउ १ हजार २१५ रुपैयाँमा झरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19